उपत्यकामा १२२९ सहित थप २१०३ जनामा संक्रमण पुष्टि, २८५८ जना संक्रमणमुक्त

काठमाडौं, ४ मंसिर : पछिल्लो २४ घण्टामा २१०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा नौ हजार ८०५ नमुना परीक्षण गर्दा दुई हजार १०३  जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा ८६४ महिला र १ हजार २३९ पुरुषसहित थप २ हजार १०३ जना संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर २८ हजार १ सय ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ५१३ जना महिला र ७१६ जना पुरुष रहेका छन् ।

मन्त्रालयको अध्यावधिक विवरण अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या २८ हजार १०६ जना रहेको छ ।

हालसम्म कुल संक्रमितको संख्या २ लाख १५ हजार २० जना र निको हुनेको संख्या १ लाख ८५ लाख ६३८ जना रहेको छ । यस्तै हालसम्म क्वारेन्टिनमा ७६७ जना रहेका छन् ।

यस्तै हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको कोरोना परीक्षण भएको छ भने बितेको २४ घण्टामा मात्रै ९ हजार ८०५ जनाको परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ८५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या  १ लाख ८५ हजार ६३८ जना पुगेको छ ।  नेपालमा कोरोना संक्रमण निको हुने दर ८६.३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

कोरोना संक्रमणबाट १७ जनाको मृत्यु 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १७ जनाको ज्यान गएको छ ।

योसँगै मृत्यु हुनेको संख्या एक हजार २ सय ७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.