पछिल्लो २४ घण्टामा थप ११९७ जनामा संक्रमण पुष्टि, २९३४ जना संक्रमणमुक्त

काठमाडौं, १ मंसिर : पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ मा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टाम काठमाडौं उपत्यकामा ५०१ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३४ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या एक लाख ७६ हजार ३ सय ६४ रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ छ । यस्तै १०१३ जना क्वारेन्टिनमा रहेका छन् भने संक्रमितमध्ये २८ हजार ३६० जना होम आइसोलेशनमा रहेका छन् ।

हाल मनाङ बाहेक अरु सब जिल्लामा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप नौ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ३० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.