स्याङ्जाको पुतलीबजारलाई उद्यमीको सहर बनाइने

मिरा मल्ल । स्याङ्जा, ३० कात्तिक : पुतलीबजार नगरपालिका स्याङ्जाको आयोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) को प्राविधिक सहयोग र सूर्योदय क्लव स्याङ्जाको ब्यवस्थापनमा आयोजित उद्दमशिलता, ब्यवसाय, प्रवर्द्दन तथा नव प्रवर्तन केन्द्र (इविक) र उद्दमशिलता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पुतलीबजार नगरपालिकालाइ उद्यमीहरुको सहर बनाउनेमा सहभागीहरु एक मत भएका छन ।

उद्यमशिलता, ब्यवसाय, प्रवर्द्दन तथा नव प्रवर्तन केन्द्र (इविक) र उद्यमशिलता सम्बन्धी कार्यपत्र पेश गर्दै यूएनडिपिका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले इविकको अवधारणा र यसले उद्दमीलाइ गर्ने सहजीकरण ब्यवसायिक वातावरणका उद्यमशिलता प्रवर्द्दनमा नगरपालिकाको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो ।

पुतलीबजार नगरपालिकामा नव उद्यमीहरुलाइ ब्यवसाय विकास विस्तार गर्नका लागि उद्दमशिलता, ब्यवसाय, प्रवर्द्दन तथा नव प्रवर्तन केन्द्र (इविक) को स्थापना गरिने भएको छ ।

पुतलीबजार नगरपालिका र यूएनडिपीको आर्थिक सहयोग र सूर्योदय क्लवको ब्यवस्थापनमा पुतलीबजार नगरपालिकामा संचालित कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तरगत इविकको स्थापना गर्न लागिएको छ । यसले नयाँ सोच भएका नव उद्यमीहरुलाइ सहजीकरण सफल उद्दमीहरुलाइ रोष्टरमा सुचिकृत गरि विशेष अनुभव आदान प्रदान, नव प्रवर्तनमा रुची भएकाहरुलाइ उचित प्लेटफर्म प्रदान गरिने योजना रहेकोछ ।

जिल्ला समन्वय समिती स्याङ्जाकी प्रमुख सीता सुन्दासले पुतलीबजार नगरपालिका गण्डकी प्रदेशको राजधानी पोखराको सेटेलाइट सिटि रहेकाले ब्यवसायिकताको विकास गर्नुपर्ने बताउनुभयो । उद्यमले नै स्वरोजगार र रोजगारीको सृजना गर्ने भएको हुदा उद्ययमशिलतालाइ ब्यापक रुपमा प्रवर्द्दन गर्न जरुरी रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष जुमकाजी गुरुङ, उद्दयमी चन्द्रकला राना, देवि ढकालले पुतलीबजारमा धेरै ब्यवसायिक अवसरहरु रहेको थप सहयोगी वातावरण भएमा उद्यमीको सहर पुतलीबजार बन्नेमा आशावादी रहेको बताउनुभयो ।

उद्यमीहरुलाइ आवश्यक सहयोग गरिने, बजारीकरण तथा उद्यम स्थापनामा समेत पुतलीबजार नगरपालिकाले सहयोग गर्ने बताउदै तत्काल इविकको संचालन गरिने नगरप्रमुख सीमाकुमारी क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.