दाङका युवा टर्की व्यवसायतर्फ
‘विसी टर्की फर्म’ हाल टर्की, हाँस, स्थानीय र फाइटर कक पालिएका छन् । प्रतिबच्चा रु चार सयका दरले पाँच सय टर्की बुटवलबाट ल्याइएकामा ठूला बिक्री भएर अहिले सानाठूला गरी १५० बाँकी छन् । “टर्की पाल्नलाई धेरै मेहनत गर्नुपर्दो रहेनछ, तारबार गरिएको खुला ठाउँमा चर्छन्, उनीहरुले घाँस, दुबो, मकै र ब्रोइलर कुखुराको दाना पनि राम्रो मानेर खाने गरेका छन्, भ्याक्सिन दिननपर्ने, पाल्दा दुर्गन्ध नहुने र रोगले छिटो आक्रमण नगर्ने भएकाले जोखिम पनि कम हुने भएकाले पाल्न सजिलो छ”, उनले भने ।

उनले भने, “बोसोरहित हुने भएकाले यसको मासु सेवन गर्दा मानिसको हाड मजबुत बनाउन सहयोग मिल्छ, यसको मासु जस्तोसुकै मधुमेह, युरिक एसिड, रक्तचापका बिरामीले खान मिल्ने र कसैलाई असर नगर्ने हुँदा हरेक मानिसको रोजाइमा पर्छ, जिउँदो प्रतिकिलो रु आठ सय र तयार पारिएको मासु प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ ।”

गलेश्वर
तुलसीपुर उपमहानगरपालिका– १७ का नारायण आचार्यले ‘नारायण पोल्ट्री फर्म’ को नामबाट कुखुरा पालन व्यवसाय सञ्चालन गरेका छन् । दुई वर्ष कतारमा काम गरेर आएका आचार्य उता कमाएको पैसा अलिअलि जम्मा गरेर राखेको र दाङमै केही गर्नुपर्छ भन्ने सोचाइ आएपछि लेड्स कुखुरा व्यवसाय सञ्चालन गरिएको उनी बताउँछन् । उनले आठ कठ्ठा आफ्नो जमीनमा रु ४० लाखको लगानीमा दुई खोरबाट शुरु गरेको चार वर्ष भयो ।
“दाङमा टर्की व्यवसाय पनि राम्रो होला जस्तो लागेर टर्की पनि शुरु गरेको छु, चार सय टर्कीका बच्चा चितवनबाट ल्याएर व्यवसाय शुरु गरेका आचार्य सात महिनादेखि आम्दानी लिन थालेको छु”, उनले भने, “दुई खोरमध्ये एउटामा ठूला र अर्कोमा साना टर्की राखेको छु, गाउँघरमा उत्पादन भएको दाना र सामान्य हावापानीमा पाल्न सकिने भएकाले सजिलो छ ।”

उपमहानगरपालिकाको पशु सेवा कार्यालयका प्रमुख जीवराज पौडेलले पशुपक्षी व्यवसाय गर्न चाहने युवाहरुलाई लक्षित गरेर युवा लक्षित अनुदान सहयोग कार्यक्रम रहेको बताए । उपमहानगरपालिकाअन्तर्गत पशुसेवा शाखाको युवा लक्षित कार्यक्रम पनि रहेको छ । किसानलाई प्राविधिक सहयोग र पशुपक्षीमा रोग लाग्दा उपचार, खोप, दानापानी आदिका बारेमा व्यवसायीलाई परामर्श र सहयोग गरेको उनले जानकारी दिए

दाङ, ३०