उपत्यकामा ८०७ सहित थप १४७७ जनामा कोरोना संक्रमण पुष्टि, २७९८ जना संक्रमणमुक्त

काठमाडौं, ३० कात्तिक : पछिल्लो २४ घण्टामा थप १४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ मा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३५२ महिला र ४५५ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २७९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या भने १ लाख ७३ हजार ४३० रहेको छ ।

थप ६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२२१ पुग्यो

पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा ६ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ ।

देशभर कहाँ कति थपिए ?

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.