वामदेवलाई उपप्रधानमन्त्री बन्न ओलीको प्रस्ताव, तपाईं सच्चिन जरुरी छ : गौतम

काठमाडौं, ३० कात्तिक : पार्टीमा देखिएको विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेब गौतमसँग छलफल गरेका छन् ।

आइतबार बिहान बालुवाटारमा करिव एक घण्टाको भेटवार्तामा पार्टीभित्रको विवाद उच्च तहमा पुग्नुको मुख्य दोषी ओलीनै भएकाले अरुलाई दोष दिएर ओली उम्कन नपाउने बताएका हुन् ।

गौतमलाई ओलीले सरकारमा चाहेअनुसारको भूमिका दिलाउने आश्वासन दिएका थिए । अर्थात ओलीले गौतमलाई चाहेको मन्त्री पद रोज्न आग्रह गरेको स्रोतले जनाएको छ । गौतमले भने आफूले पार्टीको निर्णयबाट मात्रै सरकारमा जिम्मेवारी लिने, व्यक्ति विशेषले चाहँदैमा नहुने जवाफ दिएका थिए ।

पछिल्लो समय नेकपाका कार्यकारी अध्यक्षले सचिवालय बैठकमा ओलीविरुद्ध आरोप लाएपछि नेकपामा हलचल मच्चिएको छ । ओली निकट नेता भने प्रचण्डको प्रस्ताव फिर्ता गराउने पक्षमा छन भने प्रचण्ड पक्षका नेताहरु सामूहिक प्रस्ताव भएको भन्दै फिर्ता नहुने बताउँदै आएका छन् ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीकाअनुसार गौतमलाई पार्टीमा देखिएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गर्न बालुवाटार बोलाइएको थियो ।

पाटीमा देखिएका समस्या कसरी समाधान गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो । ‘उपाध्यक्ष गौतमले प्रधानमन्त्रीलाई सच्चिनुको विकल्प नभएको भनेर आउनु भएको छ ।’ सल्लाहकार सुवेदीले भने ‘ओलीले आफ्नो कार्यशैली सच्चाए समाधानको विकल्प त्यही हुने उपाध्यक्ष गौतमको भनाई छ ।’

ओलीले आज पनि गौतमलाई सरकारमा आउन र प्रथम उपप्रधानमन्त्री बन्न आग्रह गरेका गौतम निकट स्रोतले जनाएकाे छ । तर गौतमले आफू अहिले सरकारमा नआउने ठाडो जवाफ ओलीलाई दिएका थिए । सामूहिक नेतृत्व प्रणाली स्वीकार गर्न नसक्ने व्यक्ति कम्युनिस्ट हुन नसक्ने भन्दै गौतम बालुवाटारबाट बाहिरिएका थिए ।

ओलीले शुक्रबार सचिवालयको बैठक सकिनासाथ पनि गौतम र अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमा बोलाएर आफ्नो समूहका सदस्यसहित छलफल गरेका थिए ।

त्यो बेला पनि गौतमले ओलीलाई आफ्नो कार्यशैली नसच्याए पार्टीमा संकट बढ्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.