सचिवालय बैठक सकिएलगत्तै ओली र नेपालसहित ६ नेताको बैठक

काठमाडौं, २८ कात्तिक : नेकपा सचिवालय बैठक सकिएपनि अहिले बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ नेताहरुको अनौपचारिक बैठक चलिरहेको छ ।

सचिवालय बैठक सकिएलगत्तै ओलीसहित बरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल, नेताहरु वामदेव गौतम, ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ बैठकमा सहभागी छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सचिवालय बैठक सकिएलगत्तै बाहिरिएका छन् ।

नेकपा सचिवालयको अर्को बैठक मंसिर ३ गते बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.