चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं, २७ कात्तिक : कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिएका छन् । मन्त्री पौडेलले ट्‍वीटरमार्फत सो जानकारी दिएका हुन् ।

केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । ८० वर्षीय केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।  केही दिन अघि उनमा निमोनिया समेत देखिएको थियो । केसीको उपचारका लागि जनमोर्चाले सहयोग संकलन गर्ने बताएको थियो ।

तर केसीका छोरा सचित्र केसीले बुबा खतरा मुक्त रहेको र बहाना बनाएर पैसा नउठाउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.