कलंकीमा पार्किङमा राखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौं, २७ कात्तिक : काठमाडौंको कलंकीमा आज बिहान पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा बा ५ ख ८८६५ नम्बरको ट्रकमा सवार ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । ८८६५ नम्बरको ट्रक कुखुरा बोक्ने ट्रक हो । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराका अनुसार दुर्घटनामा नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामा, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र एकजना अन्यको सहिद मेरोरियर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको डीएसपी बोहराले बताए । दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.