उपत्यकामा १२६१ सहित थप २५६९ जनामा कोरोना पुष्टि, थप २६ जनाको मृत्यु

काठमाडौं, २६ कात्तिक : पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ६९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५६९ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या दुई लाख दुई हजार ३२९ पुगेको छ ।
काठमाडौं उपत्यकामा बुधबार थप १२६१ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा ९ सय ७६, भक्तपुरमा ८१ र ललितपुरमा २ सय ४ जनामा कोरोना संक्रमित थपिएका छन् । महिला ५ सय २८ र पुरुष ७ सय ३३ छन् ।
अहिले काठमाडौं जिल्लामा १७ हजार १ सय ६४ सक्रिय संक्रमित छन् । २ सय ८९ संक्रमितको मृत्यु, ५७ हजार ८ सय ६७ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ७५ हजार ३ सय २० रहेका छन् । होम आइसोलेसनमा ११ हजार ३ सय ९३ संक्रमित उपचाररत छन् ।
भक्तपुरमा सक्रिय संक्रमित १ हजार २ सय ७५ छन् । ५ हजार ४ सय १६ कोरोना संक्रमणबाट मुक्त भएका, ७४ संक्रमितको मृत्यु र कुल संक्रमित ६ हजार ७ सय ६५ रहेका छन् । होम आइसोलेसनमा बसी उपचार गर्नेको संख्या १ हजार ८ सय १४ पुगेको छ ।
त्यसैगरी, ललितपुरमा २ हजार ५ सय ६ सक्रिय संक्रमित छन् । ८ हजार १ सय ६८ कोरोना संक्रमणबाट मुक्त भएका छन् । ७७ संक्रमितको मृत्यु र कुल संक्रमित १० हजार ७ सय ५१ छन्। होम आइसोलेसनमा १ हजार ८ सय ३१ छन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ६६६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ६२ हजार २४३ जना डिस्चार्ज भएका छन् ।
देशभर आजसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर एक हजार १०९ जना क्वारेन्टिनमा रहेका छन् ।
कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट देशभर थप २६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २६ जनाको मृत्यु भएको हो ।
हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको छ ।
