विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौं, २४ कात्तिक :ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् ।

तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिए सँगै रिक्त स्थानमा शाक्यलाई जिम्मेवारी दिइएको हो । शाक्यलाई प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ’ बाट प्राधिकरणमा फिर्ता बोलाएर यो जिम्मेवारी दिइएको छ । शाक्य फर्किएसँगै प्राधिकरणका उपकार्यकारी निर्देशक लेखराज कोइरालाबाट यो जिम्मेवारी खोसिएको छ ।

ऊर्जा मन्त्रालय सम्बद्ध अधिकारीहरूका अनुसार मन्त्री पुनले शाक्यलाई कार्यकारी निर्देशक बनाउने गरी प्राधिकरणमा फर्काएका हुन् । भदौ २८ गते घिसिङ बाहिरिएसँगै प्राधिकरण नेतृत्व विहीन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.