उपत्यकामा १५१२ सहित थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि, २२०६ जना संक्रमणमुक्त
काठमाडौं, २२ कात्तिक : पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७५३ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।
बितको २४ घण्टामा काठमाडौं उपत्यकामा १४१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमा ६२५ महिला र ८८७ पुरुष रहेका छन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ । हाल देशभर सक्रिय संक्रमितमध्ये २८ हजार ९२० जना होम आइसोलेशनमा रहेका छन् भने बाँकी विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । यस्तै हाल देशभर ३६५ जना आईसीयू र ७६ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा दुई हजार २०६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५५ हजार ११४ जना डिस्चार्ज भएका छन् ।
आज १० हजार ४२३ जनाको पीसीआर भएसँगै हालसम्म कुल पीसीआर परीक्षण संख्या १५ लाख २७ हजार ७६६ पुगेको छ । यस्तै हाल देशभर ११४४ जना क्वारेन्टिनमा रहेको पनि मन्त्रालयले जनाएको छ । हाल मनाङ र बाजुराबाहेक अरु जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।
यससँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ ।
देशभर कहाँ कति थपिए ?
