उपत्यकामा १३३८ सहित २९०९ जना संक्रमित थपिए, ४५०० संक्रमणमुक्त

काठमाडौं, २१ कात्तिक : पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९०९ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३३८ संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा चार हजार ५०० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५२ हजार ९०८ जना डिस्चार्ज भएका छन् ।
योसँगै देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ । आजसम्म देशभर एक हजार २५४ जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार १५३ जनाको पीसीआर परीक्षण भएको छ । आजसम्म १५ लाख १७ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या एक हजार ७० पुगेको छ ।
