कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गते   

नेपाली काँग्रेस, केन्द्रिय पार्टी कार्यालय ललितपुरको सानेपामा पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्दै । बैठकमा १४ औँ महाधिवेशनको तयारीका विषयमा छलफल भएको छ । तस्वीर: रोशन सापकोटा

काठमाडौँ, २० कात्तिक : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ ।

यस अघि कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक पार्टीको पदाधिकारी बैठक लम्बिएपछि आगामी सोमबारका लागि तोकिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको आज भएको बैठकमा सहभागीहरुले बोल्ने क्रम जारी रहेकाले सो बैठक भोलि पनि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा १२ः ३० बस्ने पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.