कोरोना भाइरसबाट विश्वमा बाह्र लाख्र तेत्तिस हजारभन्दा बढीको मृत्यु, ४ करोड ८६ लाख २१ हजारभन्दा बढी संक्रमित

वासिङटन, २० कात्तिक : चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ३३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको जोन्स हप्किङ विश्व विद्यालयले बिहीबार जानकारी दिएको छ ।

गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ८६ लाख २१ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३३ हजार ७३४ जनको मृत्यु भएको छ । अमोरिकामा ९४ लाख ८८ हजार ८७५ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालय

अमेरिकापछि ब्राजिलमा कोरोना भाइरस संक्रमणको हिसाबबाट दोस्रो स्थानमा रहेको छ । यहाँ ५५ लाख ९० हजार २५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । एक लाख ६१ हजार १०६ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

भारतमा १ लाख २४ हजार ३१५ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ८३ लाख ६४ हजार ८६ कोरोना भाइरस संक्रिमित भएका छन् । मेक्सिकोमा यस भाइरसका कारण ९३ हजार २२८ जनाको मृत्यु भएको छ भने ९ लाख ४३ हजार ६३० जना संक्रमित भएका छन् ।

संयुक्त अधिराज्यमा ४७ हजार ८३२ जनाको मृत्यु भएको छ भने ११ लाख २ हजार ३१६ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.