उपत्यकामा ३११ सहित थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि, थप ३० को मृत्यु

काठमाडौं, १९ कात्तिक : कोरोना भाइरसका थप तीन हजार ३०९ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ३०९ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ पुगेको छ ।
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८७८ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरश्वर गौतमले काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना गरी उपत्यकामा कुल १ हजार ८७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ३८४४ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ४४ हजार ८७८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७९ दशमलव २ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार १४१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ९४ हजार १२२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ । देशभरका संस्थागत आइसोलेसनमा ६ हजार ७८० जना र होम आइसोलेसनमा ३० हजार १३१ जना रहेका छन् । आजसम्म देशभर एक हजार ३०५ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३७९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट देशभर थप ३० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृत्यु भएको हो । यो दैनिक मृत्यु हुनेको संख्या अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो ।
यसैबीच पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ ।
देशभर कहाँ कति थपिए ?
