पूर्वमा फस्टाउँदै भक्काको व्यापार   

दमक, १८ कात्तिक : पूर्वका अधिकांश ठूला तथा साना बजारमा यतिवेला भक्काको व्यापार निकै फस्टाएको छ ।

चिसो मौसम शुरु भएसँगै ग्रामीण क्षेत्रको बजार होस् वा पूर्व–पश्चिम राजमार्गसँग जोडिएका चौक र बजारमा भक्काको व्यापार फस्टाएको हो । विशेषगरी पूर्वका आदिवासीको मौलिक परिकार रूपमा परिचित ‘भक्का’ को स्वाद सर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको छ ।

झापाको मेचीनगर–१० धुलाबारीमा भक्का बेच्दै रुपसरी र शुकमाया राजवंशी । जाडो सुरुभएसँगै झापामा भक्काको व्यापार सुरु भएको छ । तस्बिर: चन्द्रकला भण्डारी, झापा

विशेषगरी झापाको दमकदेखि जिल्लाको दक्षिणी क्षेत्रका गौरादह, ग्वालडुब्बा, गौरीगंज, दामुनाकालगायत ‘भक्का’ को स्वाद सर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको हो । राजवंशी समुदायले घरघरमा खाजाको रूपमा चामलको पिठोबाट बनाउने भक्का पछिल्लो समय तराईका जिल्ला हुँदै इलाम, पाँचथरलगायतका पहाडी जिल्लामा समेत बनाइने गरिन्छ

राजवंशी समुदायले घरघरमा खाजाको रूपमा चामलको पिठोबाट बनाउने भक्का पछिल्लो समय तराईका जिल्ला हुँदै इलाम, पाँचथरलगायत पहाडी जिल्लामा समेत बनाइने गरिन्छ । सडकका किनारामा बनाइने भक्काका लागि छुट्टै भाडा तिर्नु नपार्दा व्यापारीको रकमसमेत बच्ने गरेको छ । बिहान बेलुका खाजाका रूपमा खाइने भक्काको व्यापारबाट घरखर्च तथा नानी पढाउन समेत सहयोग पुग्ने गरेको दमककी कन्चला राजवंशीको भनाइ छ । “भक्का बेचेको आम्दानीले नै पाँच जनाको परिवारको गुजारा चलेको छ”, उहाँले भन्नुभयो, “भक्का बेचेर दैनिक एक हजारभन्दा बढी आम्दानी हुने गरेको छ ।”

जाडो मौसममा मात्र बनाइने भक्काको मौसमी व्यापार हुने गरेको छ । पहाडी जिल्लाका गाउँमा ऐले पनि भक्का बनाउने र खाने चलन छैन । तर शहर बजारका गल्ली तथा चोकमा भक्काको व्यापार फस्टाउने गरेको छ । जाडो मौसममा चोक तथा गल्लीमा बसेर भक्का बनाउँदा शरीरलाई न्यानोसमेत हुने र केही रकम पनि बच्ने भएपछि महिलाहरू भक्का बेचेर नै गुजारा चलाउने गरेका छन् । भक्का बालबालिका, युवायुवती र वृद्धवृद्धा सबैले रुचाएर खाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.