थप ३११४ संक्रमित, ३१४२ संक्रमणमुक्त, २० जनाको मृत्यु

काठमाडौं, १८ कात्तिक : पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ११४ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनामा गरिएको परीक्षणमा १८६७ पुरुष र १२४७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । हालसम्म १४ लाख ८० हजार ९७८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार १४२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ४१ हजार १३४ जना डिस्चार्ज भएका छन् । दशैँयता कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या धेरै देखिएको छ । यसले गर्दा डिस्चार्ज हुने दर पनि बढेर ७७ प्रतिशत नाघेको मन्त्रालयले जनाएको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ । आजसम्म देशभर एक हजार २७७ जना क्‍वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४  घण्टामा देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

यीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।

देशभर कहाँ कति थपिए ?

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.