टोटनहमको जितमा बेलको निर्णायक गोल

काठमाडौं, १७ कात्तिक : ग्यारेथ बेलको गोलमा टोटेनहमले प्रिमियर लिग फुटलबमा जित निकालेको छ ।

आईतबार राति भएको खेलमा टोटेनहमले ब्राइटोनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमलाई १३ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत अघि बढाएका थिए ।

एडम लालनाले डिबक्सभित्र केनलाई फल गरेपछि टोटेनहमले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टीमार्फत केनले प्रिमियर लिगमा १ सय ४९ औं गोल पुरा गरे ।

ब्राइटोनका युवा खेलाडी तारिक लाम्पार्टीले दोस्रो हाफमा खेल बराबरीमा ल्याएका थिए ।

बेलले ७३ औं मिनेटमा हेडमार्फत गोल गर्दै टोटेनहमलाई जित दिलाएका हुन् ।

उनी यसै सिजन लोनमा रियल मड्रिडबाट टोटेनहम आएका हुन् । टोटनहम फर्किएका बेलले क्लबबाट पहिलो गोल गरेका छन् । उनले टोटेनहमका लागि सन् २०१३ को मे पछि पहिलो गोल गरेका हुन् ।

जित निकाल्दै टोटेनहम तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टोटेनहमले ७ खेलबाट १४ अंक जोडेको छ । ब्राइटोन ५ अंक सहित तालिकाको १६ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.