उपत्यकामा १८८८ सहित ३५१७ संक्रमित थपिए, ४०९६ संक्रमणमुक्त
काठमाडौं, १४ कात्तिक : पछिल्लो २४ घण्टामा ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ५१७ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ८८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७८१ महिला र ११०७ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ९८९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ३४ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । देशभरका संस्थागत आइसोलेसनमा ७ हजार १९० जना र होम आइसोलेसनमा ३१ हजार ३८७ जना रहेका छन् । आजसम्म देशभर दुई हजार ६६६ जना क्वारेन्टिनमा रहेका छन् ।
कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट देशभर थप १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
