काभ्रे पोस्टका सम्पादक चौलागाईंको निधन

काठमाडौं, १४ कात्तिक : काभ्रे पोस्टका सम्पादक विष्णु चौलागाईंको आज बिहान ४ बजे निधन भएको छ ।

असोज २६ गते कोरोना संक्रमण भएपछि होम आइसोलेसन रहेका उनमा ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएको थियो । चौलागाईँ ब्रोनक्राइटिसबाट पनि पीडित थिए ।

कोरोना भाइरसको संक्रमण देखिएपछि १५ दिनअघि ओम अस्पताल चाबहिलमा भर्ना भएका चौलागाईंको उपचारकै क्रममा निधन भएको हो । कोरोना संक्रमणपछि चौलागाईंको फोक्सोमा समस्या देखिएको  थियो ।

पछि पुन: कोरोना जाँच (पीसीआर) गर्दा रिपोर्ट नेगेटिभ देखिए पनि फोक्सोमा रहेको समस्याका कारण उनी अस्पतालमै उपचाररत थिए । काभ्रे चौंरी देउरालीमा जन्मिएका चौलागाईंका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.