युरोपा लिग : आर्सनल र लेस्टरको जित, टोटेनहमको हार
काठमाडौं, १४ कात्तिक :युरोपा लिग फुटबलमा आर्सनल र लेस्टर सिटीले जित निकालेका छन् ।
बिहिबार राति समूह चरणको खेलमा प्रिमियर लिग क्लबद्धय आर्सनल र लेस्टर विजयी बनेका हुन् ।
आर्सनलले समूह बीको खेलमा रिपब्लिक अफ आयरल्याण्डको क्लब डुनडल्कलाई ३–० गोलले पराजित गर्यो ।
आर्सनलको जितमा एडवर्ड निक्केया, जोसेफ विलोक र निकोलस पेपेले समान एक एक गोल गरे ।
लण्डन क्लब समूह चरणको सुरुवाती दुवै खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ । डुनडल्क अंक विहिन हुँदै पुछारमा छ ।
समूह जीको अर्को खेलमा लेस्टर सिटीले ग्रिकको क्लब एइके एथेन्ससंग २–१ को जित निकाल्यो ।
जेमी भार्डीको पेनाल्टीमा पाहुना टोली लेस्टरले सुरुवातमै आग्रता बनाएको थियो । हमजा चोधरीले ३९ औं मिनेटमा लेस्टरको अग्रता दोब्बर बनाए ।
घरेलु टोलीका मुअम्बर टेन्कोविकले ४९ औं मिनेटमा एक गोल फर्काएका थिए ।

सुरुवाती दुवै खेलमा जित निकाल्दै लेस्टर शीर्ष स्थानमा छ । एथेन्स क्लब अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।
युरोपा लिग फुटबलमा टोटेनहमले हार ब्यहोरेको छ ।
बिहिबार राति समूह जेको खेलमा बेल्जियमको रोयल एन्टवर्पसंग टोटेनहम १-० ले पराजित बनेको हो ।
रोयल एन्टवर्पलाई जित दिलाउन २९ औं मिनेटमा लियोर रेफेलोवले विजयी गोल गरेका थिए ।
एजेन्सी । युरोपा लिग फुटबलमा टोटेनहमले हार ब्यहोरेको छ ।
बिहिबार राति समूह जेको खेलमा बेल्जियमको रोयल एन्टवर्पसंग टोटेनहम पराजित बनेको हो ।
डिफेन्डर बेन डेविसको गल्तीमा एन्टवर्पले टोटेनहमविरुद्ध पहिलो हाफमै गोल गरेको थियो ।

टोटेनहमबाट २ सयौं खेलमा खेलिरहेका डेविसबाट बल खोस्दै डाइमुमेरसी म्बोकानीले लियोरलाई गोलका लागि बल उपलब्ध गराएका थिए ।
प्रशिक्षक जोसे मौरिन्होले पहिलो हाफमा मुख्य चार खेलाडीलाई आराम दिएका थिए । तर दोस्रो हाफमा ह्यारी केन, सन ह्युङ मिन, लुकास मौरालाई मैदान प्रवेश गराएपनि टोटेनहमले हार टार्न सकेन ।
खेलपछि स्पर्सका प्रशिक्षक जोसे मोरिन्हो निकै क्रुद्ध देखिए । उनले आफूलाई दोस्रो हाफमा ११ जना नै खेलाडी परिवर्तन गर्न मन लागेको बताए । यो सन् २०१६ को नोभेम्बर यता युरोपा लिगमा मोरिन्होको पहिलो हार हो ।
समूह जेको दुई खेलबाट एन्टवर्प ६ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानको टोटेनहमको ३ अंक छ ।
