उपत्यकामा १६१५ सहित थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, ३०३८ जना डिस्चार्ज

काठमाडौं, १३ कात्तिक : पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३६३ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६१५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७०४ महिला र ९११ पुरुष रहेका छन् ।
काठमाडौंमा मात्र हालसम्म १६ हजार ५२१ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २०९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ७५ जना सक्रिय संक्रमित रहेका छन् भने ६१ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ४७० सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५८ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
काठमाडौंमा २० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार ३६३ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा तीन हजार ३८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख २४ हजार ८६२ जना डिस्चार्ज भएका छन्
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख १९ हजार ६४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ । देशभरका संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना र होम आइसोलेसनमा ३१ हजार ८९८ जना रहेका छन् । आजसम्म देशभर दुई हजार ६८९ जना क्वारेन्टिनमा रहेका छन् ।
कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।
देशभर कहाँ कति थपिए ?
