रासफोर्डको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको फराकिलो जित

काठमाडौं, १३ कात्तिक : रासफोर्डको ह्‍याट्रिकमा म्यानचेस्टर युनाटेडले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ ।

बुधबार राति घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले आरबी लेइपिजिङमाथि ५-० को फराकिलो जित निकालेको हो ।

पहिलो हाफमा १-० को अग्रता बनाएको युनाइटेडका लागि दोस्रो हाफमा रासफार्डले ह्‍याट्रिक गरेका थिए । खेलको २१औं मिनेटमा पउल पोग्वाको पासमा मसोन ग्रिनवुडले गोल गर्दै युनाटेडलाई पहिलो हाफमा अग्रता दिलाएका थिए ।

७४औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । त्यसको चार मिनेट नबित्दै रासफोर्डले दोस्रो गोल गरे । ८७औं मिनेटमा एन्थोनी मार्सियलले गोल गरे । उनले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ४-० को अग्रता दिलाए ।

खेलको इन्जिुरी समयमा रासफोर्डले गोल गर्दै ह्‍याट्रिक पूरा गरे । उनले मार्सियलको पासमा गोल गर्दै ह्‍याट्रिक पूरा गरेका हुन् । यो गोलसँगै युनाइटेडले लेइपिजिङमाथि ५-० को फराकिलो जित निकालेको हो ।

समूह एचकै अर्को खेलमा पेरिस सेन्ट जर्मेनले इस्तानबुल बसाक्सेहिरलाई २–० ले पराजित गरेको छ । पीएसजीका लागि दुवै गोल मोइस किनले गरे ।

खेलको पहिलो हाफमा पीएसजीले चोटका कारण नेयमारलाई गुमाएको थियो ।

समूह एचमा रहेको युनाइटेडको यो दोस्रो जित हो । युनाइटेडले दुई खेलमा जित निकाल्दै ६ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । एक खेलमा जित र एक खेलमा हार व्यहोरेको  पीएसजी तीन अंकसहित दोस्रो स्थानमा छ । पराजित लेइपिजिङ पनि दुई खेलबाट तीन अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.