अयोध्यापुरीमा ‘रामचरित मानस’को पाठपारायण हुने

चितवन, १२ कात्तिक : भगवान् रामको जन्मभूमिबारे अनुसन्धान भइरहेको माडी नगरपालिकाको अयोध्यापुरीमा ‘रामचरित मानस’को सामूहिक पाठपारायण हुने भएको छ । नेपालीमा अनूदित सो पुस्तकको सुन्दर काण्डको पारायण यही कात्तिक १८ गते गर्न लागिएको हो ।

सोह्रौँ शताब्दीमा गोस्वामी तुल्सीदासद्वारा अवधी भाषामा लिखित सो पुस्तक तुल्सीराम शर्माले नेपालीमा अनुवाद गरेपछि नेपालसँगै विश्वका धेरै देशमा यसको पारायण थालिएको छ । शर्माका अनुसार अयोध्यापुरीमा श्रीअयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवम् अध्ययनमण्डल अमेरिकाको संयुक्त आयोजनामा  सामूहिक पारायण गर्न लागिएको हो ।

सो पुस्तकका सात  काण्डमध्ये सुन्दर काण्ड चर्चित छ ।  पुस्तकमा रामको बाल्यकालदेखिका जीवनका सबै घटनाक्रम उल्लेख छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले माडीको अयोध्यापुरी क्षेत्रमा रामको जन्म भएको बताएपछि माडी नगरपालिकाले आवश्यक अध्ययनअनुसन्धान गरिरहेको छ ।

सो क्षेत्रमा एक सय बिघा जग्गा छुट्याएर मन्दिरलगायत धार्मिक संरचना निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.