उपत्यकाका ८४३ सहित थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि, २९८१ जना संक्रमणमुक्त

काठमाडौं, १२ कात्तिक : पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५४ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ६२ हजार ३५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८४३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, भक्तपुरमा २१ र ललितपुरमा ११८ कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा दुई हजार ९८१ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख २१ हजार ८२४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ८ हजार २४८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ९ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ । देशभरका संस्थागत आइसोलेसनमा सात हजार ७०९ जना र होम आइसोलेसनमा ३१ हजार ९३४ जना रहेका छन् । आजसम्म देशभर दुई हजार ८८९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट देशभर थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएको हो ।

यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.