सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं, १२ कात्तिक : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ । कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक मंसिर १५ सम्मलाई स्थगित भएको हो ।

तयारी नपुगेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्व निर्धारित केन्द्रीय समिति बैठक एक महिनापछि सारिएको छ । कात्तिक १५ देखि १७ गतेसम्म बस्ने निर्धारण भएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि घकेलिएको हो ।

पार्टीमा देखिएको आन्तरिक कलह बढ्दै गएका बेला नेकपा केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । यो बैठक अब मंसिर १५ देखि १७ गतेसम्मका लागि सारिएको नेकपा कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्तिमार्फत जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालयले बैठक स्थगितको कारण कोरोना भाइरस संकट भनेको छ । ‘कात्तिक १५ देखि १७ सम्मलाई आयोजना गरिएको पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक कोभिड-१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘स्थगित बैठक यही मंसिर १५ देखि १७ गतेसम्मलाई आयोजना गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.