च्याम्पियन्स लिग फुटबलमा लिभरपुलको लगातार दोस्रो जित

काठमाडौं, १२ कात्तिक : च्याम्पियन्स लिग फुटबलअन्तर्गत लिभरपुले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा लिभरपुले मिड्टजिल्यान्डलाई २-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र मोहम्मद सालाहले एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ५५औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको इन्ज्युरी समायमा सालाहले गोल गर्दै लिभरपुललाई २-० गोलको जित दिलाए ।

जितसँगै लिभरपुलले दुई खेलबाट ६ अंक जोडेको छ । लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । पराजित मिड्टजिल्यान्ड तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.