चाडपर्वले ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’को सोच साकार पार्ने प्रेरणा पैदा गरोस् : मुख्यमन्त्री शाही
काठमाडौं,
‘नयाँ चुनौतीका रुपमा खडा भएको यो संकटले निश्चय पनि विकास र समृद्धिको दीर्घकालीन लक्ष्यमा केही अवरोध उत्पन्न गरेको भए पनि बलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरुप प्राप्त संघीय व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पूरा गर्न योजनावद्ध रुपमा प्रदेश सरकार अगाडि बढिरहेको छ,’ शुभकामनामा भनिएको छ, ‘संघीयताको अभ्यासको क्रममा देखा परेको केन्द्रीकृत सोच, संविधानप्रदत्त अधिकार हस्तान्तरणमा इच्छाशक्तिको कमी लगायतका समस्याहरुसँग लड्दै समृद्ध कर्णाली प्रदेश र समृद्ध नेपाल निर्माणको लागि प्रदेश सरकार दृढ छ ।’
शाहीले बडा दसैँ लगायतका चाडपर्वहरुले सबै राजनीतिक दल, संघसंस्था, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्र, सञ्चारकर्मीलगायत आम कर्णालीवासीमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्न कर्णाली प्रदेश सरकारले अगाडि सारेको ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’को सोच साकार पार्ने प्रेरणा पैदा गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
