कराँचीमा बम बिस्फोट हुँदा ३ जनाको मृत्यु, १५ जना घाइते

कराँची, ५ कात्तिक : पाकिस्तानको कराँचीस्थित मस्कान चौरंगी नजिक बुधबार भएको बम बिस्फोटनमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बम बिस्फोटनका कारण अरु १५ जना घाइते भएका छन् ।

इधी फाउन्डेसनका एक अधिकारीले घाइते सबैलाई स्थानीय पटेल अस्पतालमा भर्ना गरिएको जनाएका छन् । बिस्फोटको प्रकृतिका बारेमा स्पष्ट भइसकेको छैन । मुबिनाका प्रहरी अधिकारीले प्रारम्भिक अनुसन्धानमा सिलिन्डर बम बिस्फोट भएको बताउनु भएको छ ।

प्रत्यक्षदर्शीले बिस्फोटबाट एक भवनका साथै केही सवारी साधनमा क्षति पुगेको बताएका छन् । अघिल्लो दिन शिरिन जिन्नाह कोलोनी नजिक बस टर्मिनलको प्रवेशद्वारमा एउटा बम बिस्फोटन हुँदा केही मानिस घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.