हुण्डाइले सार्वजनिक गर्‍यो विद्युतीय गाडीको नयाँ मूल्य

काठमाडौं, २ कात्तिक : हुण्डाइ मोटर्सका नेपालका लागि अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडीको नयाँ मूल्य सार्वजनिक गरेको छ ।

कम्पनीले कोना र आयोनिक विद्युतीय गाडिको मूल्य पुनरावलोकन गरेको हो ।

कम्पनीले १०० किलोवाट क्षमताका कोना र आयोनिकको नयाँ मूल्य ७६ लाख ९६ हजार र १५० किलोवाट क्षमताको कोनाको नयाँ मूल्य ९४ लाख ९६ हजार कायम गरेको जनाएको छ ।

सरकारले विद्युतीय सवारीको अन्तःशुल्क घटाएपछि कम्पनीले नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । कम्पनीले एक सयदेखि एक सय ५० किलोवाट क्षमतासम्मका विद्युतीय गाडी बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.