यो वर्षको मनसुन आजबाट सकियो

काठमाडौं, ३० असोज : यो वर्षको मनसुन आजबाट सकिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनयता मनसुनी वायू सक्रिय रहेकोमा त्यो पनि आजबाट अन्त्य भएको हो ।

यो वर्ष जेठ ३० गते पूर्वी भूभाग हुँदै नेपालमा मनसुन भित्रिएको थियो । “सूदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा असोज १५ गतेबाट नै बहिर्गमन भएको यो वर्षको मनसुन आजबाट नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको छ,” विभागले भनेको छ ।

पश्चिमी वायूले मनसुनी वायूलाई धकेल्दै नेपाली भूभागबाट मनसुनी वायू बाहिरिएको मौसमविद् वरुण पौडेलले बताए ।

यो वर्ष औषतभन्दा लामो समय मनसुन सक्रिय रह्यो । सामान्यतः सेप्टम्बर २३ मा नेपालमा मनसुन अन्त्य हुने भए पनि यो वर्ष तीन साता पछिसम्म मनसुन सक्रिय रहेको हो ।

३० वर्षको सक्रिय मनसुनको अवधीका आधारमा औषतमा नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय रहन्छ भन्ने तथ्यांक निकालिएको हो । तर, पछिल्लो ५ वर्षको तथ्यांक अनुसार मनसुन केही साता पछिसम्म सक्रिय रहेको देखिन्छ ।

नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद् बताउँछन् । गत वर्ष मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.