फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने व्यक्ति पक्राउ

काठमाडौं, ३० असोज : सामाजिक सञ्‍जाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप खोलेर आपत्तीजनक पोष्ट गर्ने कार्यमा संग्लन एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साइबर अपराध ब्यूरोले प्युठानका १९ वर्षीय नवीन बस्नेतलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो ।

सो ग्रुपमा आपत्तीजनक पोष्टहरु आउन थालेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

बढ्दो बलात्कार र महिला हिंसाका घटनासँगै यसको विरोधमा पछिल्लो समय प्रदर्शनहरु भएका थिए । केही समयअघि अधिकारकर्मीले काठमाडौंमा ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर प्रदर्शन गरेका थिए ।

त्यसपछि यो ग्रुप चर्चामा आएको थियो । ग्रुपमा अश्लील विषयहरु लेखिएका थिए । यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो ।

उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याइएको र उनीमाथि विद्युतीय कारोबार ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको साइवर व्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.