बुन्डेस लिगमा वार्यन म्युनिखको रोमाञ्‍चक जित, लेवान्डोस्कीको चार गोल

वार्यनको जितमा लेवान्डोस्कीका चार गोल काठमाडौं, १९ असोज : जर्मन बुन्डेस लिग फुटबलमा साविकको विजेता वार्यन म्युनिखले रोमाञ्‍चक जित निकालको छ । आइतबार राति भएको खेलमा वार्यनले हेर्थालाई ४–३ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा वार्यनलाई जित दिलाउन रोवेर्ट लेवान्डोस्कीले चार गोल गरे । उता हेर्थाका लागि योन कोर्डाबा, माथेउस कुन्चा र जेसिसले एक–एक गोल गरे ।

खेलको ४० औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाए । ५१ औँ मिनेटमा लेवान्डोस्कीले वायर्नको अग्रता दोब्बर पारे ।

५९ औँ मिनेटमा हेर्थाका लागि कोर्डोबाले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा पुगाए । ७१ औँ मिनेटमा हेर्थाका लागि माथिउसले बराबरी गोल फर्काए ।

८५ औँ मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे । ८८ औँ मिनेटमा हर्थाका लागि जेसिसले बराबरी गोल फर्काए । खेलको इन्ज्यूरी समाय लेवान्डोस्कीले पेनाल्टी मार्फत गोल गर्दै वायर्नलाई ४–० गोलको जित दिलाए ।

जितसँगै वायर्नले ३ खेलबाट ६ अंक जोडेको छ । पराजित हर्थाको ३ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.