च्याम्पियन्स लिगको ड्र सार्बजनिक, बार्सिलोना र युभेन्ट्स एकै समूहमा

काठमाडौं, १६ असोज : युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ ।

यूईएफएले बिहीबार नयाँ सिजनको लागि समूह चरणको ड्र सार्वजनिक गरेको हो ।

यूईएफएले निकालेको ड्र अनुसार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको टिम समूह चरणमै खेल्ने भएका छन् ।

मेस्सीको टिम बार्सिलोना र रोनाल्डोको टिम युभेन्ट्स एकै समूहमा परेका छन् ।

समूह ‘जी’ मा बार्सिलोना र युभेन्ट्ससँगै डाइनामो किभ र फेरेन्सभारेस रहेका छन् ।

साविक विजेता बायर्न म्युनिख भने समूह ‘ए’ मा परेको छ । यस समूहमा एट्लेटिको मड्रिड, लोकमोटिभ मोस्क्भा र साल्जवर्ग रहेका छन् ।

समूह ‘बी’ मा रियल मड्रिड, शाक्तर डोनेट्स, इन्टर मिलान र बोरुसिया मन्छेनग्लाडबाख रहेका छन् ।

समूह ‘सी’ मा पोर्टो, म्यानचेस्टर सिटी, ओलम्पियाकोस र मार्सेली रहदा समूह ‘डी’ मा लिभरपुल, आयाक्स, एटलान्टा र मिडजिल्याण्ड परेका छन् ।

समूह ‘इ’ मा सेभिया, चेल्सी, क्रास्नोडार र रेनस पर्दा समूह ‘एफ’ मा जेनिट सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमण्ड, लाजियो र क्लब ब्रुगा रहेका छन् ।

यस्तै समूह ‘एच’ मा पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइपजिग, इस्तानबुल बसाकसेइर रहेको छ ।

च्याम्पियन्स लिगका समुह चरणका खेल अक्टोबर २१ देखि शुरु हुने छन् । त्यस्तै दोस्रो खेल अक्टोबर २८ मा हुने छन् । त्यस्तै तेस्रो नोभेम्बर ४ मा र चौथो नोभेम्बर २५ मा हुने छन् । त्यस्तै पाँचौ डिसेम्बर २ मा र समुह चरणको अन्तिम तथा छैठौ खेल डिसेम्बर ९ मा हुने तालिका रहेको छ ।

त्यस्तै अन्तिम १६ को ड्र डिसेम्बर १६  मा हुने छ भने खेल खेलहरु फेब्रुअरी १७ तथा २४, २०२१  त्यस्तै १० र १७ मार्चमा हुने छन् ।

क्वाटरफाइनल, सेमिफाइनलको ड्र १९ मार्चमा हुने छ ।

त्यस्तै क्वाटरफाइनलका खेल अप्रिल ७ तथा अप्रिल १४, २०२१ मा हुने छ ।  त्यस्तै सेमिफाइनलका खेल अप्रिल २८ र मे ५, २०२१ मा हुने छन् । त्यस्तै फाइनल खेल मे २९ मा टर्कीको इस्तानबुलस्थित अटाटुर्क ओलामिक स्टेडियममा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.