स्पेनिस ला लिगा फुटबलमा आज राति चार खेल हुँदै

काठमाडौं, १४ असोज : स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज (बुधबार) राति विभिन्‍न चार खेल हुँदै छन् ।

आज हुने खेलमा साबिक विजेता टोली रियल मड्रिडले रियल भालाडोलिडसँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीच हुने खेल नेपाली समयअनुसार राति १:१५ बजे हुनेछ ।

रियलको घरेलु मैदानमा हुन लागेको आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा हुनेछ । लिगको तेस्रो खेल खेल्न लागेको रियल आजको खेलमा पनि जित निकाल्दै लिगमा आफूलाई बलियो बनाउने योजनामा छ ।

पहिलो खेल रियल सोसिडाडसँग बराबरी खेलेको रियलले दोस्रो खेलमा रियल बेटिसविरुद्ध जित निकाल्न सफल भएको थियो । त्यसैले आजको खेलमा पनि जित निकाल्दै आफूलाई लिगमा बलियो सबित गर्ने योजनामा रियल छ ।

यता भालाडोलिड रियललाई उसकै घरेलु मैदानमा चुनौती दिने योजनामा छ । लिगमा तीन खेल खेलेको भालाडोलिड आजको खेलमा जित निकाल्ने योजनामा छ । यसअघिको दुई खेलमा बराबरी खेलेको रियल एक खेलमा पराजित भएको थियो ।

आजै हुने अर्को खेलमा एट्लेटिको मड्रिडले हुयस्कासँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार राति १०:४५ मा हुनेछ । यसै समयमा हुने अर्को खेलमा भियारियल र आलाभेस प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै इबरले इल्चेलाई आतिथ्यता प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.