पीएसजीको जितमा इकार्डीको गोल
काठमाडौं, १२ असोज : अर्जेन्टिनी स्ट्राइकर माउरो इकार्डीको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मन (पीएसजी) विजयी भएको छ । रेइम्सको घरेलु मैदानमा भएको खेलमा पीएसजी २–० ले विजयी भएको हो ।
रिम्सको मैदानमा पीएसजीलाई जित दिलाउन दुवै गोल माैरो इकार्डीले गरे ।
पहिलो हाफको नवौं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

खेलको ६२ औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।
पीएसजीको यो सिजनको तेस्रो जित हो । जितसँगै पीएसजीले पाँच खेलबाट नौ अंक जोडेको अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । यता पराजित रेइम्स भने समान खेलबाट एक अंक जोड्दै १९ औं स्थानमा छ ।
