दस खेलाडीमा सीमित युभेन्ट्स बराबरीमा रोकियो

काठमाडौं, १२ असोज : क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा युभेन्टसले सिरि ए फुटबलमा बराबरी खेलेको छ ।

आईतबार राति भएको खेलमा १० खेलाडीमा सिमित युभेन्ट्सले रोमासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हो ।

दस खेलाडीमा समेटिएको युभेन्टसले पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको हो । खेलको ३१ औं मिनेटमा जोर्डन भेरेटोउटले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टीमा गोल गरेका हुन् ।

पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर, पहिलो हाफको इन्जुरी समयमा जोर्डनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोली रोमालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

खेलको ६२ औं मिनेटमा युभेन्टस दस खेलाडीमा समेटिएको थियो । उनी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्टस दस खेलाडीमा समेटिएको थियो । ६९ औं मिनेटमा रोनाल्डोले नै व्यक्तिगत दोसो गोल गरे । उनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाढेका हुन् ।

आईतबारको नतिजाले युभेन्ट्स २ खेलबाट ४ अंक जोड्दै पाँचौ स्थानमा छ । रोमा १ अंक सहित १३ औं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.