इन्डियन प्रिमियर लिगमा दिल्लीको लगातार दोस्रो जित

काठमाडौं, १० असोज : इन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गर्दै दिल्लीले लगातार दोस्रो जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि फाप डू प्लेसिसले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै केदार ज्यादवले. २६ रन बनाउँदा कप्तान एम एस धोनीले १५ रन जोडे ।  बलिङतर्फ दिल्लीका लागि कगिसो रबाडाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अरिच नार्टेजीले दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७५ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वि सवले अर्धशतकीय पारी खेलेका थिए । ४३ बल खेलेका उनले ९ चौका र १ छक्काको सहयोगमा ६४ रन बनाएका हुन् । त्यस्तै रिशव पन्तले ३७ रन बनाउँदा शिखर धावनले ३५ रन तथा कप्तान शेयस ऐरले २६ रनको योगदान गरे ।

बलिङतर्फ चेन्नईका लागि प्रिउस चावलाले दुई विकेट लिए । त्यस्तै श्याम करनले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै दिल्ली शीर्ष स्थानमा उक्लेको छ । दुई खेल खेलेको दिल्ली ४ अंक सहित शीर्ष स्थानमा छ ।

पहिलो खेलमा दिल्लीले किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित भएको थियो ।

तीन खेल खेलिसकेको चेन्नईको यो लगातार दोस्रो हार हो ।

चेन्नईले ३ खेलमा २ अंक जोडेको छ । चेन्नई तालिकाको पाँचौं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.