स्याङ्जामा कोभिड-१९ उद्दार र आर्थिक प्रतिकार्य परियोजना संचालन
मिरा मल्ल । स्याङ्जा, ७ असोज : पुतलीबजार नगरपालीका स्याङ्जा र संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रमको आर्थिक सहयोग र सूर्योदय क्लवकोको ब्यस्थापनमा संचालित कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना पुतलीबजार नगरपालिकामा संचालन भएको छ ।
यस कार्यक्रम अन्तरगत कोभिड १९ बाट प्रभावित समुदायलाइ आर्थिक रुपमा सबलिकरण गर्ने विदेशबाट फर्किएका युवाहरु तथा बेरोजगार युवाहरुलाइ उद्मशिल बनाउने योजना रहेको छ । युवाहरुको सृजनाशिलतालाइ उजागार गर्न उद्दमशिलतालाइ प्रोत्साहन गर्न पुतलीबजार नगरपालिकामा उद्दमशिलता ब्यवसाय प्रबर्दन र नव प्रवर्तन केन्द्रको स्थापना गरिने भएको छ ।
यस कार्यक्रम अन्तरगत पुतलीबजार नगरपालिकाका १४ वटा बडामा तरकारी नर्सरी ब्यवस्थापन तालिम संम्पन्न भएकोछ । नगरका १४ वडाका २९५ टोल बिकास संस्थाका २९५ किसानलाइ नर्सरी तालिम प्रदान गरिएको छ ।
तालिममा प्रयोगात्मक शिप प्रदान गरिएको थियो । प्रत्येक किसानले नर्सरी ब्यवस्थापन तालिम लिइ एक टोल एक नर्सरी एक घर एक करेसाबारीको अभियान रहेको र उक्त नर्सरी किसानले टोलका सबै घरधुरीलाइ तरकारीका बेर्ना उत्पादन गरि वितरण गर्ने योजना रहेको नगर प्रमुख सिमा कुमारी क्षेत्रीले बताउनु भयो ।
नर्सरी किसानहरुलाइ काउली, ब्रोकाउली, मुला, साग, बन्दाको बिउ र नर्सरीका लागि पलास्टिक उपलब्ध गराइएको संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनु भयो ।

