‘हिम चितुवा’ आङरिताको अन्तेष्टि राजकीय सम्मानका साथ गरिने

काठमाडौं, ६ असोज : कीर्तिमानी पर्वतारोही ‘हिम चितुवा’ आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
शेर्पाको सोमबार निजी निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई ‘हिम चितुवा’ उपनाम दिइएको थियो ।
त्यस्तै, बैठकले असोज २४ तय भएको आधिकारिक ट्रेड युनियनको चुनाव पनि स्थगित गर्ने निर्णय गरेको छ ।
