काठमाडौं उपत्यकामा ६७४ सहित ११५४ संक्रमित थपिए, १००५ जना डिस्चार्ज

काठमाडौं, ५ असोज : बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार बितको २४ घण्टामा  १००५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिए ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा २१३  महिला र  ३२५ पुरुष, भक्तपुरमा ३० महिला र ४४ पुरुष, ललितपुरमा ३१ महिला र ३१ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख २३ हजार ८२३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

कोरोनाबाट थप १६ को मृत्यु, मृतकको कुल संख्या ४२७ पुग्यो

बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६ जनाको मृत्यु भएको जानकारी दिँदै यससँगै मृतकको कुल संख्या ४२७ पुगेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.