थपिए १२०४ कोरोना संक्रमित, १४४७ जना डिस्चार्ज

काठमाडौं, ३ असोज : पछिल्लो २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ५७० कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार भक्तपुरमा ८३ र ललितपुरमा ५८ कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ४४७ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो संगै ४५ हजार २६७ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ७ महिला र चार जना पुरुष छन् ।

मोरङकी ६५ वर्षीया महिला, रौतहटकी ५१ वर्षकी महिला, सर्लाहीकी ५६ वर्षीया महिला, ललितपुरका ७६ र ६८ वर्षीष २ महिला, काठमाडौंकी ७६ वर्षकी महिला र मकवानपुरकी ३७ वर्षीया महिलाको मृत्यु भएको छ ।

यसैगरी ललितपुरका ६० वर्षका पुरुष, काठमाडौंका ७५ वर्षी पुरुष,  रुपन्देहीका ६९ र बाँकेका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४०१ पुगेको गौतमले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.