कालोबजारी गर्ने आठ पसल कारबाहीमा, चौध लाख राजश्व सङ्कलन

काठमाडौं, १ असोज : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले  विभिन्न स्थानका आठ पसललाई कारबाही गरेको छ ।

अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ती पसललाई कारवाही स्वरुप जरिवाना गर्दा चौध लाख ८० हजार राजश्व समेत सङ्कलन  भएको छ ।

विभागका निर्देशक एवम् सूचना अधिकारी रविन्द्र आचार्यले तरकारी, पानी तथा खाद्यान्नका पसललाई आज कारबाही गरिएको जानकारी  दिए ।

बजारमा  पछिल्लो समय प्याजको मूल्यमा  वृद्धि भएको छ । विभागले व्यावसायिले बढी मूल्यमा प्याज बिक्री गर्न थालेपछि तरकारी बजारलाई लक्षित गरी बजार अनुगमनलाई तीब्रता दिएको जनाएको छ ।

आज  मात्र ६ वटा आलु प्याज व्यापारीलाई कारबाही गरिएको छ । उहाँले काठमाडौँ महानगरपालिकाको वडा नं ३२ स्थित तीनकुनेमा रहेको हरित कृषि तरकारी बजारमा रहेको उलक सब्जि भण्डार, दुलाल आलु भण्डार र व्यापारी विजेश गौतमलाई  ५५/५५ हजार जरिवाना गरिएको बताए ।

यसैगरी काठमाडौँ महानगरपालिका–१३ मा रहेको रञ्जन आलु प्याज भण्डार,  महानगर १४ मा रहेको पशुपति आलु स्टोरलाई प्रति स्टोर रु दुई लाख ५० हजार, न्यू सापकोटा खाद्य तथा तरकारी स्टोलाई रु दुई लाख ५५ हजार र कागेश्वरी मनोहरा–५ मा रहेको माता सरस्वती खानेपानी प्रा.लि. लाई रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.