प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेट

काठमाडौं, १ असोज : प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदबीच भेटवार्ता भएको छ ।

जंगीअड्डामा बिहीबार प्रधानसेनापति थापा र राजदूत जाभेदबीच शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कने क्रममा रहेका राजदूत जाभेद र प्रधान सेनापति थापाबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।

मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरु सँने हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्‍ने विश्‍वास नेपाली सेनाको छ ।

सेनाद्वारा जारी विज्ञप्तिअनुसार उनीहरुबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.