स्याङ्जामा पूर्वाधार विकास कार्यालय स्थापना

मिरा मल्ल । स्याङ्जा, १ असोज : स्याङ्जा जिल्लाकाे सदरमुकाम पुतलीबजारमा गण्डकी प्रदेश भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय स्थापना भएकाे छ ।
यस कार्यालय अन्तर्गत पुल शाखा, गुणस्तर नियन्त्रण शाखा, भवन शाखा, सडक शाखा र यातायात शाखा रहने छन । जिल्लाका पूर्वाधार, भवन, सडक, निर्माणकाे गुणस्तर मापन, यातायात अन्तर्गतका सबै कामका लागि पाेखरा जानुपर्ने बाध्यता थियाे ।
कार्यालय अन्तर्गतकाे यातायात शाखा जिल्लाकै वालिङमा राख्न वालिङ उद्योग वाणिज्य संघले माग गरेकाे थियाे । जिल्ला सदरमुकामका हिसाबले जिल्ला स्तरिय कार्यालय सदरमुकाममा हुन उपयुक्त भएकाे नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य रविन्द्र प्रसाद श्रेष्ठले बताउनु भयाे । एउटै कार्यालयकाे शाखा दुई फरक पालिकामा हुन अनुपयुक्त हुने भएकाले सदरमुकाम बाहेक अन्यत्र जान सक्ने कुनै संभावना नरहेको श्रोतले बताएको छ ।
यातायात शाखाबाट सेवाग्राहीले सवारी साधन दर्ता, सवारी जाँचपास, बिलबुक नवीकरण र सवारी रुट इजाजत सम्बन्धी सेवा र सुबिधा पाउने छन । निर्माणको गुणस्तरमापनका लागि ल्यावको समेत स्थापना हुने शाखा अधिकृत शोभाचन्द्र रेग्मीले बताउनुभयो ।
पूर्वाधार बिकास कार्यालयकाे स्थापनाबाट जिल्लाका सबै नगर तथा गाउँपालिका र गण्डकी प्रदेशका अन्य जिल्लाका सेवाग्राहीले यहाँबाट सेवा लिन सक्ने छन । भौतिक पूर्वाधार कार्यालय हाल स्याङ्जा जिल्ला समन्वयको कार्यालयमा रहने जनाईएको छ ।
