पिएसजीको लगातार दोस्रो हार, पाँच खेलाडीलाई रातो कार्ड
काठमाडौं, २९ भदौ : लिग वान अन्तर्गत तनावपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित बनेको छ ।
आइतबार राति भएको लिगको आफ्नो दोस्रो खेलमा पीएसजी घरेलु मैदानमा मार्सीलेसंग १–० ले पराजित बनेको हो ।
खेलको ३१ औं मिनेटमा अफसाइड बिट गर्दै फ्लोयिन थुविनले पाहुना टोलीका लागि विजयी गोल गरेका थिए ।
पेरिस सेन्ट जर्मन (पीएसजी) पराजित खेलमा नेयमार सहित एकै खेलका पाँच खेलाडीलाई रेड कार्ड देखाइएको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा मार्सिलेसँग पीएसजी १–० गोलले पराजित हुँदा नेयमारसहित पाँच खेलाडीलाई रेड कार्ड देखाइएको थियो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका पीएसजीका लिएन्ड्रो परेडेस र लेविन कुर्वावा तथा मार्सिलेका जोर्डन अमावी र डेरियो बेनेडेटोसंगै नेयमारलाई मैदान बाहिर पठाईएको थियो ।
मैदान बाहिरिने क्रममा ब्राजिलियन फरवार्डले आफुमाथि जातिय टिप्पणी गरिएको बताएका थिए ।
लिग वानको सुरुवाती दुई खेलमा पीएसजीले हार ब्यहोरेको छ । सन् १९८४–८५ पछि पहिलो पटक लिग वानमा पीएसजी सुरुवाती दुई खेलमा पराजित बनेको हो ।
पीएसजीको घरेलु मैदानमा करिब ५ हजार दर्शक उपस्थित रहेका थिए । खेल अवधिभर १७ वटा कार्ड रेफ्रीले देखाएका थिए । लिग वानको खेलमा यो कीर्तिमानी कार्ड संख्या हो ।
सुरुवाती दुई खेलमा पराजय भएको पीएसजी तालिको १८ औं स्थानमा छ । सुरुवाती दुबै खेलमा जित निकालेको मार्सिले भने ६ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।
