ला लिगामा ग्रानाडाको विजयी सुरुवात

काठमाडौं, २८ भदौ : स्पानिस ला लिगाको नयाँ सिजनमा ग्रानाडाले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा ग्रानडाले एथ्लेटिक विलवाओलाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदामा भएको खेलमा ग्रानडाले दुबै गोल दोस्रो हाफमा चार मिनेट अन्तरमा गरेको हो । ४९औं मिनेटमा याङ्गेल हेरेराले गोल गर्दै ग्रानाडालाई अग्रता दिलाएका थिए । यस्तै ५३औं मिनटमा लुइस मिल्लाले ग्रानाडाका लागि दोस्रो गोल गरे ।

यस्तै  ला लिगा अन्तर्गत शनिबार नै भएको खेलमा इबर र सेल्टा भिगोल गोल रहित बरारी खेल्दै अंक बाँडेका छन् ।

यस्तै गएराति भएको अर्को खेलमा ओसासुनाले काडिजलाई २–० गोल अन्तरले हराउन सफल भयो । ओसासुनाको लागि एड्रिएन लोपेज र रुबेन गार्सियाले एक एक गोल गरे ।

जितसँगै ग्रानाडा ओसासुनाले एक खेलबाट समान ३ अंक जोडेको छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.