सिजनको पहिलो खेलमा पीएसजी पराजित

काठमाडौं, भदौ २७ : पीएसजीले लिग वान नयाँ सिजनमा खराव सुरुवात गरेको छ । सिजन २०२०–२१ को पहिलो खेलमा लेन्ससँग १–० ले पराजित हुँदै सिजनमा खराव सुरुवाता गरेको हो ।

बिहिबार राति भएको खेलमा पीएसजी यसै सिजन लिग वानमा बढुवा भएको लेन्ससंग १–० ले पराजित बनेको हो ।

बिहीबार राति लेन्सको घरेलु मैदानमा भएको खेलमा इग्नाटिउस गानागोले खेलको एक मात्र निर्णायक गोल गरेका थिए ।

च्याम्पियन्स लिगका फाईनल खेलेका ७ खेलाडी बिनै पीएसजी मैदान उत्रिएको थियो । कोरोना भाइरसबाट संक्रमित भएका ब्राजिली स्टार नेयमार, मार्कुन्होस र अर्जेन्टिनी खेलाडी एन्जल डी मारिया, मौरो इकार्डी लगायतका खेलाडी पीएसजीको टिमको थिएनन् ।

पीएसजीले आईतबार लिग वानको दोस्रो खलेलमा मार्सिलेसंग प्रतिस्पर्धा गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.