काठमाडौंको कागेश्वरी मनाेहरामा ग्यास सिलिन्डर विष्फोट, एकजना घाइते

काठमाडौं, २७ भदौ : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा ग्यास सिलिन्डर विष्फोट भएको छ ।

विष्फोटको शक्तिशाली आवाजले स्थानीय त्रसित देखिन्थे । स्थानीहरु घटनास्थलमा तुरुन्तै जम्मा भएर घाईतेको उद्दार गरी अस्पताल पठाएका थिए ।

घटनामा स्थानीय ४८ वर्षीया मिरा ओझा घाइते छिन् । घाइतेलाई उपचारका लागी किर्तीपुर अस्पतालमा पठाइएको छ । घाईतेको उद्दार गरी अस्पताल लगेका रामजीप्रसाद दाहालका अनुसार घाईतको आइसीयुमा उपचार भइरहेछ ।

स्थानीय पुष्प ओझाको घरको भान्सामा बिहान ६ बजे सिलिन्डिर बिष्फोट भएको थियो ।

विष्फोट मीराको भान्साकोठामा भएको थियो । विष्फोटबाट भान्साकोठा क्षतिग्रस्त भएको छ ।

घरमा मीरासँगै छोरी र श्रीमान रहे पनि भान्सामा उनी मात्र रहेकोबेला विष्फोट भएको छ ।

विष्फोटका घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट एसएसपी श्यामलाल ज्ञवाली नेतृत्त्वको टोलीले विष्फोटको घटनाबारे विस्तृत अनुसन्धान थालेको हो ।

अनुसन्धानकै लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय अपराध अनुसन्धान महाशाखा, नयाँ बानेश्वर र कोटेश्वर प्रहरी वृत्त तथा काँडाघारी प्रहरी चौकीको टोली पनि घटनास्थलमा पुगेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार प्रारम्भिक अनुसन्धानमा ग्यास सिलिण्डर विष्फोट भएर घटना भएको हुनसक्ने देखिएको छ ।

घटनामा अन्य विष्फोटक पदार्थ नै विष्फोट भएको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए ।

अरू विष्फोटक पदार्थ नै विष्फोट भएको हो कि भन्ने शंका प्रहरीले गरेको छ । सोही शंकाको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.